जनता टाइम्स

१५ असार २०७७, सोमबार ०७:०७

आज देशभर पानी पर्ने, उच्च सतर्कता अपनाउन सुझाव


काठमाडौं, असार १५ । जल तथा मौसम बिज्ञान बभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनी न्युन चापीय रेखा पनि नेपाल नजिक रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहेको छ भने केही स्थानहरुमा वर्षा भईरहेको छ।

पछिल्लो ३ घण्टा सुदरपश्चिम प्रदेश र प्रदेश ५ का अधिकांश स्थानमा हल्कादेखि मध्यम बर्षा भएको छ । जसका कारण मोहना, मछेली, कान्द्रा लगायत कैलाली, कञ्चनपुर, सुर्खेत र डोटी भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, २, ५ र सुदुरपश्चिम प्रदेशका एक, दुइ स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।