जनता टाइम्स

१७ असार २०७७, बुधबार १६:३०

कोभिड अपडेट– थपिए ४८२ संक्रमित, संख्या पुग्यो १४ हजार ४६


काठमाडौं, असार १७

पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ लाई कोरोना भाइरस रोग (कोभिड–१९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ११७ महिला ३६५ पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमा पुरुषको संख्या १२ हजार २७२ रहेको छ भने १ हजार ७७४ महिला रहेका छन् । आजसम्म कोरोना संक्रमित मध्ये ४ हजार ६ सय ५६ जना डिस्चार्ज हुनुभएको छ ।