जनता टाइम्स

१८ असार २०७७, बिहीबार ०७:२६

भारतमा कोरोना सङ्क्रमितको संख्या ६ लाख नाघ्यो


भारत, असार १८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो अपडेट अनुसार २ लाख २७ हजार ४ सय ७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको मृत्यु भएको हो ।