जनता टाइम्स

१८ असार २०७७, बिहीबार १६:२६

थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि : कुलसंख्या १४५१९ पुग्यो, ५३२० जनाले जिते कोरोना


काठमाडौं, असार १८

पछिल्लो २४ घण्टामा नेपालमा थप ४७३ लाई कोरोना भाइरस रोग (कोभिड–१९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १०९ महिला ३६४ पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । २४ घण्टामा ६ सय ६४ जना डिस्चार्ज हुनुभएको छ । प्रवक्ता डा. गौतमका अनुसार विहिबारसम्म देशभरबाट कुल ५ हजार ३ सय २० जना डिस्चार्ज हुनुभएको छ ।