जनता टाइम्स

१९ असार २०७७, शुक्रबार ०८:५९

ओलीबिरुद्ध रचिएको त्यो खतरनाक षडयन्त्र


खीमलाल भट्टराईले गरे प्रधानमन्त्री ओलीबिरुद्ध रचिएको खतरनाक षडयन्त्रको खुलासा

काठमाडौं, असार १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा पार्टी एकता गर्दा भएको सहमतिबिपरित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने खेल अघि बढेपछि संकट चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत नेताहरु जसरी पनि होलीलाई हटाउनै पर्ने र आफूहरुले पद भागबण्डा गर्ने निकृष्ट खेलमा उत्रनुभएपछि नेकपाभित्रको संकट बढदै गएको हो ।

बिवाद बढदै जाँदा राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य खीमलाल भट्टराईले राष्ट्रपति र प्रधानमन्त्री दुवै हटाउने खेलमा नेकपाका नेताहरु लागेरर गम्भीर गल्ती गरिरहेको खुलासा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओली हटाउने खेल नै नेकपाभित्रको संकट रहेको प्रष्ट पार्दै कसैले चाँहदैमा ओली हटन नसक्ने बताउनु भयो ।

यस्तो छ भट्टराईले खोलेको रहष्य

केपी ओलीलाई हटाएर आफुहरु कोही प्रधानमन्त्री, कोही अध्यक्ष, कोही राष्ट्रपति, कोही उपप्रधानमन्त्री बन्ने गरी जुन मोर्चाबन्दी र घेराबन्दी भैरहेको कुरा बाहिर प्रकटीकरण भैरहेको छ । यसले नेताहरुको कद घटाईरहेको छ ।

पदीय भागवण्डाको लागि आफ्नै सरकार ढाल्ने र आफ्नो जमीनको रक्षाको लागि भारतसंग लडिरहेको एउटा कमाण्डरलाई हटाएर आफुहरु एउटा तुच्छ पदमा पुग्ने कुरा कसरी जस्टिफाई हुन्छ ?

केपी ओलीका तमाम कमजोरी होलान, तर उनी भन्दा असल, क्षमतावान र ईमान भएका नेताहरु अरु छन भनेर जनताले पत्याईहाल्ने स्थिती अहिले छैन । विकास, राष्ट्रियता र जनजीवनका मुद्दाहरुसॅग जुझिरहेको जनतामाझ स्थापित शीखर पर्शनालिटी बनेका छन केपी ओली । आजको नेपालमा उनी आफै संस्था जस्ता भएका छन, कही कतै बहुमत पुर्याएर ढालौं भन्दा नढलीहाल्ने ।

यतिबेला नेपालमा भैरहेका हर्कतहरु देखेर दिल्लीतिर हर्षबढाई र नेपाली जनतामा चिन्ता छाईरहेको मिडिया हेरेपछि थाहा भैहाल्छ । नेताहरु शत्रु नहसाउनुस । ईतिहासले अनुहारमा कालो पोत्न सक्छ । ख्याल गर्नु होस । फेरि पनि उत्तेजना छाडेर सहमतिमै फर्किनु होस ।

धन्यवाद ।