जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १२:४६

हवाई उडान शुरु गर्न कोरोनाको ग्राफलाई हेरेर पर्खदै पर्यटन मन्त्रालय, यस्तो छ तयारी


काठमाण्डौं, असार १९ गते । नेपालमा हवाई उडान शुरु गर्ने गरी तयारी भइरहेको पर्यटन मन्त्री योगेश भट्टराईले बताउनु भएको छ। लकडाउन निरन्तर थपिदै गएपछि हवाई व्यवसायमा कार्यरतहरु प्रत्यक्ष मारमा परेको भन्दै हवाई उडान शुरु गर्न व्यवासायीहरुले अनुरोध गरिरहेको मन्त्री भट्टराईले बताउनुभयो ।

लकडाउनको अवधिमा पर्यटन मन्त्रालयले गरेको काम सार्वजनिक गर्न स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १८ गते मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले हवाई उडान शुरु गर्न मन्त्रालयले समेत तयारी गरिरहेपनि कोरोनाको ग्राफ बढि नै रहेकोले पर्ख र हेरको स्थितिमा मन्त्रालयले रहेको बताउनुभयो । वहाँले भन्नुभयो – हवाई उडान र होटेल व्मायवसायीमा संलग्नहरुको अनुरोध अनुसार मन्त्रालयले सम्बन्धित पक्षहरुसंग नियन्तर छलफल गरिरहेको छ । संचालनमा ल्याउँदा कोरोना रोकथामलाई कसरी अगाडी बढाउने त्यसबारे तयारी गर्न भनिएको छ । कोरोनाको उक्लिदो ग्राफ नियन्त्रणमा आउने बितिकै क्याबिनेटबाट यसबारे निर्णय लिइने छ ।

अन्तर्राष्ट्रिय उडानबाट गएको चैत महिनामा नेपाल आएका दुई जनामा कोरोना देखिएपछि शुरुमा पर्यटन मन्त्रीको नाताले आफूलाई आलोचना गर्ने कार्य समेत भएकाले बर्तमान अवस्थामा हवाई उडान शुरु गरेर जोखिम लिनुभन्दा सम्पूर्ण सतर्कता अपनाउने कार्य भइरहेको बताउनुभयो । वहाले थप्नुभयो – हवाई उडान र होटेल मात्र संचालन गरेर हुँदैन । एयरपोर्टबाट होटेलसम्म यात्रु जानलाई सार्वजनिक सवारीसाधन चलेको हुनुपर्छ । त्यो स्थिति अझै बनिसकेको छैन । त्यही भएर लकडाउनलाई प्रभावित क्षेत्रमा केन्द्रित गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसो हुने बितिकै तोकिएको क्षेत्रमा विस्तारै हवाई उडान लगायतका क्षेत्र स‌ंचालन ल्याउन निर्णय हुन्छ ।

करिब तीन महिनाभन्दा बढी समयदेखि भइरहेको निरन्तरको लकडाउनले सबै भन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको समेत वहाँले बताउनुभयो । वहाँले प्रभावित पर्यटन क्षेत्रलाई उकास्नको लागि सरकारले सम्पूर्ण तयारी गरिरहेको बताउनुभएको छ ।