जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १३:२२

ओली–प्रचण्डबीच निर्णायक वार्ता सुरु : यस्तो छ पार्टीभित्रको संकट टार्ने रणनीति


काठमाडौं, असार १९ । पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच निर्णायक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तामा पार्टीभित्र देखिएको विवादमा केन्द्रित रहेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउने अभियान सुरु भएपछि चरम संकटमा नेकपा पुगेको छ । एकता महाधिवेशनसम्म दुई अध्यक्षबीचको सहमति र हस्ताक्षर नै पार्टी निर्णयको रुपमा स्थापित गरेको नेकपाभित्र बहुमतका नाममा हटाउने खेल सुरु भएपछि स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्ड आज निर्णायक बार्तामा बस्नुभएको हो । आजको बार्तामा दुवै अध्यक्षबीच खुला खुलस्त कुरा हुने दुवै पक्षका नेताहरुले बताएका छन ।

आफूबिरुद्ध चरम गुटबन्दी गर्दै होटल होटलमा भेला गरी प्रधानमन्त्री, पार्टी अध्यक्षबाट कु गरी राष्ट्रपतिसमेत फेर्नेसम्मका खेल जानकारी पाएपछि प्रधानमन्त्री ओलीले जवाफका रुपमा हिजो मन्त्रिपरिषद बैठक राखेर संसदको दुवै अधिवेशन अन्त्य गर्नुभएको थियो । ओलीको सो कदमपछि पार्टीभित्र कू गर्ने योजनामा केही बिराम लागेर आज दुई अध्यक्षबीच बार्ताको बातावरण बनेको हो । बिवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अन्तिम पहलका लागि भन्दै हिजो नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता भएसँगै अन्य नेताहरु पनि आन्तरिक संवादमा जुटेका छन् । दोस्रो तहका नेता पनि संवादमा रहेका छन ।

आज दिनभर अध्यक्षद्वय मात्र नभएर सचिवालयका अन्य नेताहरुबीच पनि अनौपचारिक तथा औपचारिक छलफल हुने नेकपाका नेताहरुले जनाएका छन । नेताहरुबीच पार्टीभित्र कू गर्ने योजना तत्काल थाँती राखेर गत मंसीर ४ गते भएको सहमतिअनुसार अघि बढने संभावना रहेको छ । प्रधानमन्त्री ओलीले एकताअघि भएको सहमतिका आधारमा आफू चल्ने तर कसैको दवावमा पार्टीभित्र गर्न लागिएको कू स्वीकार्य नहुने प्रष्ट जवाफ दिइसक्नु भएको छ । नेकपाभित्र चुनाव जितेकालाई फालेर हारेकालाई पदमा ल्याउन घृणित खेल भएपछि यो संकट आएको हो ।