जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार ०८:२७

सिहरामा बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु


सिरहा ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य २५ जना घाइते भएका छन्।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालका अनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको सूची 

१. कुमार श्रेष्ठ, ट्रक चालक, गोलबजार नगरपालिका, सिरहा
२. विश्वनाथ बनियाँ, सोनामति गाउँपालिका–६ , झापा
३. मिनकला राई, ईलाममाई नगरपालिका–१, इलाम
४. सोमामाया राई, ईलाममाई नगरपालिका–१, इलाम
५. सुगुरुमोति बानियाँ, सोनामति गाउँपालिका–६, झापा
६. दिनेश श्रेष्ठ, सुन्दर हरैचा नपा–६, मोरङ्ग
७. रोमन थापा, सुन्दर हरैचा नपा–६, मोरङ्ग
८. किरण उप्रेती, भद्रपुर नपा–९, झापा
९. विश्का उप्रेती, कचनदाहा गाउँपालिका–२, झापा
१०. जितबहादुर दर्जी, केराउल नपा, मोरङ
११. नविन दास, गौरदाहा नपा–४, झापा
१२. दिपक ढुङगेल, कतनकवल गाउँपालिका–१, झापा
१३. अबिर शेष, पाङडुबा गाउँपालिका–२ झापा
१४. विमल लिम्बु, केराबारी नपा–२, मोरङ्ग
१५. पावनी राजवंसी, भद्रपुर नपा, झापा
१६. उपेन्द्र राजवंसी, बनियानि, झापा
१७. श्रीलाल राजवंसी, शिवशंज, झापा
१८. काला ढुङगाना, पथरी, मोरङ्ग
१९. बिनोद ढुङगानाका ५ वर्षीय छोरा राज ढुङगाना, पथरी मोरङ्ग
२०. मोहम्मद मुस्तक, झापा

३ जनाको परिचय नखुलेको