जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १७:२४

कोरोना संक्रमणबाट काठमाडौंका एक वृद्धको मृत्यु, मृतक संख्या ३२ पुग्यो


काठमाडौं, असार १९ । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बानेश्वर निवासी एक बृद्धको कोरोना संक्रमणपछि मृत्यु भएको हो ।

८५ वर्षका पुरुषको असार १७ गते बुधवार काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पार्किन्सन र उच्च रक्तचापको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार ती बृद्धको मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।