जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १९:२५

ओली–प्रचण्डबीच भयो खुलस्त कुराकानी : बैठकपछि महासचिव पौडेलले खोले सहमतिको यस्तो तथ्य


काठमाडौं, असार १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आज खुला खुलस्त कुरा भएको छ । अध्यक्षद्वयको बार्तामा सहभागी महासचिव बिष्णु पौडेलका अनुसार आज दुवै अध्यक्ष सवै बिषयमा खुला खुतस्त रुपमा प्रस्तुत हुनुभएको हो ।

ओली र प्रचण्डबीच आज बालुवाटारमा तीन घन्टा वार्ता भएको थियो । ‘अध्यक्ष कमरेड केपी ओली र कमरेड प्रचण्डले आज निकै खुलस्त कुराकानी गर्नुभयो । दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू निर्धक्क राख्नुभयो,’ बैठकको बिषयमा जानकारी दिँदै महासचिव पौडेलले भन्नुभयो । आजको बार्तामा ओली र प्रचण्डबीच पार्टी एकता गर्ने अघिल्लो दिन २०७५ जेठ २ गते भएको पाँच बुँदे सहमतिका साक्षी रहनुभएका महासचिव पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई पनि सहभागी गराइएको थियो ।

जेठ २ गते भएको सहमतिको पत्र अगाडि राखेर आज दुई अध्यक्षबीच बार्ता भएको हो । आजको बार्ता सकारात्मक रहेपछि ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकअघि शनिवार बिहान फेरि वार्ता गर्ने गरी निश्कर्ष दिने सहमति भएको छ । सरकारले भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीबिरुद्ध भारत जसरी प्नि सत्ताबाट हटाउने भन्दै लागेको थियो । ठीक यही बेला नेकपाकै नेताहरु पनि भारतकै जसरी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाडनुपर्ने भन्दै गुट भेलामा लागेपछि एकता नै संकटमा परेको थियो । संकट टार्न आज अध्यक्षद्वय ओली र प्रचण्ड एकताअघिको सहमतिपत्र लिएर बैठकमा बस्नुभएको हो । आजको बैठक भने सहमति उन्मुख रहेको नेताहरुले बताएका छन ।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि भएको पाँच बुँदे सहमतिमा दुई अध्यक्षको सहमतिको आधारमा निर्णय र दुवैको हस्ताक्षरपछि निर्णयको आधिकारिकता हुने उल्लेख थियो ।

हेर्नोस सहमति पत्र

यसैगरी ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो । तर जनताले स्थायी सरकार चाहेकोले आफू प्रधानमन्त्री नबन्ने, ओलीले नै पाँच बर्ष सरकार चलाउने घोषणा अध्यक्ष प्रचण्डले गर्नुभएको थियो । उहाँकै प्रस्तावमा गत मंसिर ४ गते सरकार पाँच् बर्ष अध्यक्ष ओलीले नै चलाउने र कार्यकारी अध्यक्षको रुपमा प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय सचिवालयबाट भएको थियो । सोही निर्णय नै एकतामा देखिएको संकट टार्ने बिन्दु रहेको निश्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ ।