जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार ०८:५८

सिरहामा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु


सिरहा , १० जेठ । सिरहाको मिर्चैयमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

अन्य २५ यात्रु घाइते भएका छन् । झापाबाट काठमाडौं जाँदै गरेको ना ८ ख ९८२ नम्बरको प्राइम बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ४२६४ नम्बरको ट्रक शुक्रबार विहान मिर्चैयाको प्रयागपुरचोकमा ठोक्किँदा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन् । जस मध्ये ९ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई उपचारको लागि बाहिर रेफर गरिएको र समान्य घाइतेहरुको स्थानीय अस्पताल तथा क्लिनिकहरुमा भइरहेको उपरीक्षक खनालले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।