जनता टाइम्स

२० असार २०७७, शनिबार १०:५९

यस्तो छ प्रचण्डलाई प्रधानमन्त्री ओलीको बटमलाइन


गुटबन्दी गरेर मलाई हटाउछु भन्ने सपना देख्नुभएको छ भने अहिल्यैबाट सपना देख्न छाडनोस, गुटबन्दीबाट मलाई हटाउन संभव छैन, त्यो सपना कहिल्यै पूरा हुन्न

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र शीर्ष तहबाटै भएको गुटबन्दी तोडेर पार्टी एकता जोगाउने अन्तिम कसरतमा रहेको प्रष्ट पार्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको छलफलमा नेकपाका पहिलो बरियताका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गुटबन्दीकै कारण पार्टीमा समस्या आएकोले सहमतिको पहिलो शर्त नै गुटबन्दी अन्त्य रहेको प्रष्ट बटमलाइन सुनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले भारतीय मिडियाले अघिल्लो दिन दिने समाचारमा जे फोरकास्ट गर्छ, नेकपाकै शीर्ष नेताहरु भोलिपल्टको बैठक र कुराकानीमा त्यही बिषय लिएर प्रस्तुत हुने गरेको भन्दै अध्यक्षबाटै गुटबन्दीको नेतृत्व हुनु पार्टी बिभाजनको गम्भीर योजना छिपेको भनाईसमेत प्रचण्डसामू राख्नुभएकोस्रोतले बतायो । ‘गुटबन्दी गरेर मलाई हटाउछु भन्ने सपना देख्नुभएको छ भने अहिल्यैबाट सपना देख्न छाडनोस, गुटबन्दीबाट मलाई हटाउन संभव छैन, त्यो सपना कहिल्यै पूरा हुन्न,’ प्रचण्डसँग ओलीको भनाई थियो ।

बार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए स्थायी कमिटीको बैठकमा थप छलफल आवश्यक नहरेको र बैठक टुंगिने बताएपछि प्रधानमन्त्री ओलीले भारतीय समपना पूरा हुन्न भन्नुभएको स्रोतले बतायो । तपाईले राजीनामा दिए त स्थायी समिति बैठकमा थप छलफल नै गर्नुपरेन नि, बार्तामा प्रचण्डको भनाई थियो । जवाफमा ओलीले गुटबन्दीबाट त्यो सपना पूरा हुन्न, हस्तान्तरण गर्दा दोस्रो पुस्तामा मात्रै हुन्छ भन्नुभएको स्रोतले जनायो । उहाँले आफूलाई हटाएर नेपाली जनतालाई अपमानित गर्ने भारतको सपना पूरा नहुने बटमलाइन पनि सुनाउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले प्रष्ट बटमलाइन सनाउनु भएको छ, भारतको चाहना पूरा हुन्न, मलाई हटाउने सपना नदेख्नुस भन्नुभएको छ, प्रधानमन्त्री निकट स्रोतले जनताटाइम्ससँग भन्यो । प्रचण्डसँगको छलफलमा अध्यक्ष ओलीले काठमाडौंको तीन होटलमा रातीराती भइरहेको बर्ताबारे आफू जानकार रहेको भन्दै अव पार्टी फुटाउने अभियान छाडन पनि प्रचण्डलाई सुझाउनु भएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले के त्यस्तो अपराध गर्नुभयो र महाअभियोगको छलफल अघि बढाउनु भयो भन्दै कडा प्रश्नसमेत सोध्नुभएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले के त्यस्तो अपराध गर्नुभयो र महाअभियोगको छलफल अघि बढाउनु भयो भन्दै कडा प्रश्नसमेत सोध्नुभएको थियो । बार्तामा ओलीले पार्टी फुटाउने कामका लागि भइरहेको गुटबन्दी त्यागेर अध्यक्षका रुपमा आउन र पूर्वएमाले केही कुण्ठाग्रस्त ब्यक्तिको काँध चढेर आफूमाथि आक्रमण नगर्न पनि सुझाउनु भएको थियो । छलफलको क्रममा प्रधानमन्त्री ओलीले भारतको ज्याद्धतीको बिषयमा आफूल बोल्दा किन छाती पिटिपिटी रुनुपर्यो भन्दै प्रचण्डसामू कडा प्रश्नसमेत गर्नुभएको स्रोतले बतायो ।