जनता टाइम्स

२० असार २०७७, शनिबार २०:२३

नेकपा बिवादबारे प्रधानमन्त्रीले खोले यस्तो रहष्य


काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग्ने र आफूमाथि मानमर्दन गरेको बिषयमा मन्त्रिपरिषदका सदष्यहरुलाई जानकारी गराउँदै पार्टी एकताको पक्षमा उभिन निर्देशन दिनुभएको छ । सरकारमा सहभागी सवै मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालबिरुद्ध भारतले चालेको कदमबारे आज साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर सबिस्तार जानकारी दिनुभएको थियो ।

‘नक्सा प्रकाशन गरेपछि मलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र लगातार मानमर्दन गर्ने काम भएको छ, यो सवै काम नेकपा फुटाउने योजनाका साथ भइरहेको छ, जस्ले एकतामा गम्भीर आँच पुर्याएको छ, मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले जनताटाइम्सलाई भन्नुभयो, एकता जोगाउने अन्तिम प्रयाशमा छुँ, कथंकदाचित हारें वा भने फुटला, तपाईहरु एकता जोगाउन र अन्तिम अवस्थामा हारें भने मलाई साथ दिनुहोला,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले जनताटाइम्ससंग भन्नुभयो ।

उहाँले बर्तमान मन्त्रिपरिषदका सवै सदस्यहरुलाई नालायक प्रमाणित गर्ने षडयन्त्र भएको तथ्यसमेत राख्नुभएको थियो । आजको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु घनश्याम भुसाल, बर्षमान पुन र पार्वत गुरुङले सुझाव राख्दै प्रधानमन्त्रीको अभियानमा आफूहरुको साथ रहने प्रतिवद्धता जनाउनु भएको थियो ।