काठमाडौं, असार २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सो समुहका तीन शीर्ष नेता राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गर्न शितलनिवास पुग्नुभएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओलीलाई अपमानपुर्वक हटाएर पार्टी र सत्ता कब्जा गर्नुपर्छ भन्दै पार्टी नै बिभाजनको योजनाकार रहनुभएका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई साथ लिएर शीतवनिवास पुग्नुभएको हो ।
नक्सा प्रकाशन गरेबापत सत्ताबाट जसरी पनि हटाउने भारतको योजना रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपमानपुर्वक हटाएर पार्टी र सरकारको नेतृत्त्व हत्याउने सुनियोजित योजनामा रहनुभएका तीनै जना नेता केहीबेर अघि शीतलनिवास छिर्नुभएको हो । प्रधानमन्त्री ओली मात्रै नभई राष्ट्रपतिबिरुद्ध नै महाअभियोग लगाएर आफ्नो समुहका नेतालाई राष्ट्रपति बनाउनेसम्मको योजना अघि बढाइरहका तीन नेता शीतवनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
प्रचण्ड-माधव समुहले राष्ट्रपति भण्डारी हटाएर झलनाथ खनाललाई बनाउने गुटको निर्णय गरिसकेको छ । यो कुरा स्वयं खनालले आफू निकटसँग खोलिसक्नु भएको छ । एक बर्षदेखि प्रधानमन्त्रीबिरुद्ध सुनियोजित अभियान चलाएको सो समुहले पार्टी एकताको सवै आधार भत्काएर स्थायी कमिटीको बहुमतबाट ओलीलाई हटाउने निर्णय गरी पार्टी बिभाजनको अन्तिम तयारी गरिरहेको छ ।
एकताको नायकलाई नै फालेर पार्टी र सत्ता कू गर्ने योजनालाई खुलेयाम रुपमा अघि बढाए पनि सो समुहले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउन लागेको हल्ला चलाइरहेको छ । आज राष्ट्रपतिसँगको छलफलमा तीनै जना नेताले आफूहरुले महाअभियोग लगाउने अभियान नचलाएको भन्दै स्पष्टिकरण दिने बताइएको छ । यद्यपी शितलनिवास र बालुवाटारमा महाअभियोगको सूचना बुधवार नै पुगिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्