जनता टाइम्स

२१ असार २०७७, आईतवार १९:५८

कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका : स्वास्थ्य मन्त्रालयले दियो यस्तो कारण


काठमाडौं, असार २१ । लकडाउनलाई खुकुलो गरेसंगै उपत्यकामा कोरोना संक्रमणको जोखिम बढदै गएको छ । केही दिनयता काठमाडौं उपत्यकामा लगातार कोरोनाका नयाँ संक्रमित थपिन थालेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको पिसिआर परीक्षण रिपोर्टमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा रहेका छन । संक्रमित बढेसँगै मन्त्रालयले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ । उपत्यकाबासीले भने सो आग्रहलाई बेवास्ता गर्दै आएका छन ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ३० जनासँगै २९२ जनामा कोरोना संक्रमण देखिएको हो । यो तथ्यांकसँगै संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । । यस्तै कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२ जनाले कोरोना जितेर घर फर्किएका छन । हादसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।