काठमाडौं, असार २२
काठमाडौंमा कोरोना संक्रमितको संख्या निरन्तर भेटिने क्रम जारी छ । मंगलबार मात्रै राजधानीमा २८ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्यका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १३, ललितपुरका १० र भक्तपुरका ५ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
हाल नेपालका चार जिल्ला कोरोनामुक्त भएको पनि उहाले जानकारी दिनुभयो । प्रदेश–१ का तीन र कर्णाली प्रदेशका एक जिल्ला कोरोनामुक्त भएका हुन् । तेहथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना संक्रमित मुक्त भएका हुन् । मंगलबार ६८८ जना संक्रमित निको भएर घर फर्किनु भएको छ । हालसम्म ७ हजार ४९९ जना संक्रमित मुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कुल देखिएका कोरोना संक्रमित मध्ये ९७ प्रतिशत बाहिरी मुलुकबाट आएका व्यक्तिमा देखिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्