जनता टाइम्स

२४ असार २०७७, बुधबार ०६:५३

भारतमा कोरोनाबाट एकै दिन ४७९ को मृत्यु, २३ हजारभन्दा बढी संक्रमित


काठमाडौं,  असार २४ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार ६५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु भएको छ भने २३ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ५७ हजार ४५ जना संक्रमणमुक्त भएका छन् ।