काठमाडौं, असार २६
भारतको सीमा रक्षा गर्ने क्रममा एक नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार विहानै भएको गोलीबारीमा भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।
युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।













प्रतिक्रिया दिनुहोस्