जनता टाइम्स

२६ असार २०७७, शुक्रबार १७:१८

डिएसपीको रगतले बच्यो सुत्केरीको ज्यान


प्युठान, असार २६

एक सुत्केरी महिलाको ज्यान जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले दिएको रगतले बचेको छ । व्यथाले च्यापेपछी जिल्ला अस्पतालमा भर्ना हुनुभएका प्युठान नगरपालिका–३ रातामाटाको ३८ बर्षिय कमला कुमाललाई डिएसपी कार्किले रगत दान गरेपछि सुत्केरीको ज्यान जोगिएको हो ।

अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको ज्यान नै खतरामा परेको समयमा कार्कीले रगत दान गरी बचाउनुभएको हो । सुत्केरी महिलाको अहिले स्वास्थ अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । अहिलेसम्म २० पटक रक्तदान गरेको कार्कीको भनाई छ ।