काठमाडौं, असार २७ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत रहेका एक बिरामीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
काठमाडौं गोकर्ण नगरपालिका निवासी ५४ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. मुकुन्द जोशीले जानकारी दिनुभयो ।
मिर्गौलाको समस्या भएपछि त्रिबि शिक्षण अस्पतालबाट ती बिरामीलाई केएमसी रेफर गरिएको थियो । भेन्टिलेटरमा उपचार भइरहेको समयमै उनमा स्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । मृतक ती पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्