जनता टाइम्स

२७ असार २०७७, शनिबार १६:१३

तेह्र घण्टापछि खुल्यो अवरुद्ध पूर्वपश्चिम राजमार्ग


नवलपरासी, असार २७ । दुई दिनदेखि परेको अबिरल बर्षा पछि आएको बाढीले गए राती पूर्वपश्चिम राजमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि अबरुद्ध पूर्ब पश्चिम राजमार्ग १३ घण्टा पछि संचालनमा आएको छ ।

बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन गएराती १.०० बजे वाढीले बगाइदिएपछि यातायात अवरुद्ध बनेको थियो । डाइभर्सन बगाएप्छि पूर्बपश्चिम राजमार्ग अबरुद्ध भएको र अबरुद्ध सडक १३ घण्टा पछि मात्र संचालनमा आएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार राति एक बजेदेखि वाटो अवरुद्ध थियो ।

बिहानैदेखि निर्माणको कार्य शुरु भएको आज दिउँसो २ बजे बाट यातायात संचालनमा आएको हो । अबरुद्ध सडक दिउँसो २ बजेबाट संचालनमा आए पछि राती देखि रोकिएका सवारी साधन चल्न थालेका प्रहरीले जनाएको छ । यस अघि पनि वाटो साँधुरो भएको भन्दै त्यहाँ नयाँ कल्भर्ट हालिएको थियो । पटक पटक बाटो जाम हुदाँ यात्रुले पटक पटक सास्ती खेप्दै आएका थिए ।

नारायणगढ बुटवल सडक खण्ड विस्तार आयोजनाको कार्य जारी रहदा अस्थायी रुपमा वनाइएको डाईभर्सन त्यहि रहेको र डाइभर्सन नै बगाए पछि जटिल हुँदै गएपछि दु्रत गतिमा बाटो निर्माण गरी संचालनमा आएको प्रहरीले जनाएको छ ।