जनता टाइम्स

२८ असार २०७७, आईतवार १५:४१

ऐश्वर्या र छोरी आरध्यालाई पनि कोरोना


काठमाडौं, असार २८

अभिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या र आरध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्र सरकारका स्वास्थ्यमन्त्री राजेस टोपेले दुवै जनालाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको छ ।

दुवै जना अहिले जलसा अर्थात आफ्नै निवासमा रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अभिताभ र अभिषेक भने अस्पतालमा भर्ना भएका छन् । दुवै जनालाई हल्का ज्वरो आएकाले अस्पताल भर्ना गरिएको हो । अभिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।