जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:०४

हरेक ६ हजार वर्षमा देखिने पुच्छ्रेतारा नेपाली आकाशमा


काठमाडौं, असार २९

नेपाली आकाशमा ६ हजार बर्षमा एक पटक मात्र आउने पुच्छ्रेतारा देखिने भएको छ । आगामी केही साता काठमाडौंसहित उत्तरी गोलार्धमा निओवाइज नाम गरेको पुच्छ्रेतारा देखिने भएको हो ।

अहिले सामाजिक सञ्जालमा यसका तस्विरहरु भाइरल भईरहेका छन् । पुच्छ्रेतारा साउन ८ गते पृथ्वीको सबैभन्दा नजिकै आइपुग्ने छ । जुन २२–२३ का दिन पृथ्वी र पुच्छ्रेतारबीचको दुरी १०.३ करोड किलोमिटर मात्रै टाढा हुनेछ ।

सन् १९९७ को हल बोप्पपछि पृथ्वीबाट सबैभन्दा राम्रोसँग देखिने पुच्छ्रेतारा भएको अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । यसले एक पटक सूर्यको परिक्रममा गर्न ६ हजार ९५० वर्ष लगाउँछ । खगोलशास्त्रीहरुले मंगलबारबाट एक सातासम्म घाम अस्ताएपछि ८० मिनेटसम्म राम्रो देखिने बताएका छन् । सोमबार बिहानसम्म भने सूर्योदयभन्दा ८० मिनेटअघिबाट उत्तर पूर्वी क्षितिजमा देखिँदै आएको थियो ।

तर, नेपाल लगायतका देशमा मनसुन सक्रिय रहेकाले आकाश खुलेमा मात्र देखिन सक्ने बताएका छन् । यसलाई खुल्ला आँखाले समेत स्पष्ट देख्न सकिने र कुनै वाइनाकुलर भए त्यसले अझ मनमोहक देखिन खंगोलविद्हरुको भनाई छ । यसको लम्बाई ५ किलोमिटर रहेको छ । यो ताराको जन्म ४.६ बिलियन वर्ष पहिला भएको थियो ।

यसले आफ्नो चक्कर लगाउने क्रममा सौर्य मण्डल समेत रहने गरेको छ । जसका कारण सौर्य मण्डलमा यो हरेक ६ हजार वर्षमा एकपटक आउने गरेको बैज्ञानिकहरुले बताएका छन् ।