जनता टाइम्स

३० असार २०७७, मंगलवार ०७:५५

प्रचण्ड-बाबुराममाथि लोकेन्द्र बिष्टको गम्भीर आरोप


काठमाडौं, असार ३० । तात्कालिन नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले पूर्वप्रधानमन्त्रीदेवय पुष्पकमल दाहाल, प्रचण्ड र डा. बाबुराम भट्टराईमाथि गम्भीर आरोप लगाउनु भएको छ ।

हाल नेकपाका अध्यक्ष रहनुभएका प्रचण्ड र जसपाका नेता भट्टराईको ब्यवहारले गर्नुभएको अपमानका कारण राजनीति नै छाडेको भन्दै बिष्टले आफ्नो दुई नेतामाथि कडा प्रहार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मेरो आदर्श स्खलित भएको दिन भन्दै बिष्टले प्रचण्ड र बाबुरामले आफूले लगाएको थोत्रो जकेट देखेर अपमान गरेको बताउनु भएको छ ।

यस्तो छ बिष्टको भनाई

मेरो आदर्श स्खलित भएको दिन !

एकदिन पोखरा एअरपोर्टमा क. प्रचण्ड र क. बाबुरामसङ्ग थिए म, भिआइपी कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे १ मुन्टो निहुराएर कुरा गर्नुभो ! मैले सुनिरहे ! म अलि पर थिए। सारमा ‘लगाउन,खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो ! आफूसङ्ग पैसा पनि थिएन। भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी। त्यस्तै तीन वर्ष जति भएको हुँदो हो। ‘आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम… ‘ हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो। आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर भोगेर भन न न न….चक्कर आयो ! तर,समालिएर बसे र अडीए ! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो ! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ ! म उल्लु रहेछु,धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो !