जनता टाइम्स

३० असार २०७७, मंगलवार ०८:३३

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, २४ घण्टामा थप ५४० जनाको मृत्यु


काठमाडौं, असार ३० । भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । मंगलबार बिहानसम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।