जनता टाइम्स

३१ असार २०७७, बुधबार ०६:४१

भारतमा ५ लाख ९३ हजार ८० जना कोरोना संक्रमणमुक्त


काठमाडौं,  असार ३१ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५८८ जनाको मृत्यु भएसगै कुल मृतकको संख्या २४ हजार ३ सय १५ पुगेको हो । ६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहानसम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ । त्यसमध्ये २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो एक हप्ता यता संक्रमितको संख्या भारतमा अस्वाभाविक तवरले बढ्दै गएका छन् । पछिल्लो ६ दिनमा मात्रै १ लाख ९३ हजार ९८६ जना संक्रमित भएका छन् ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ ।