जनता टाइम्स

३१ असार २०७७, बुधबार ११:५८

सुनको भाउ तोला मै ६ सय रुपैयाँ बढ्यो


काठमाडौं, असार ३१

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ अहिलेसम्मकै महङ्गो भएको छ । सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महङ्गो भएको महासंघले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ । भाउ महङ्गो हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीको भनाइ छ ।