जनता टाइम्स

३१ असार २०७७, बुधबार १३:२०

स्वास्थ्यकर्मीको करारअवधि थप, पौष मसान्तसम्म निरन्तरता दिन निर्देशन


काठमाडौं, असार ३१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा करारमा राखिएका चिकित्सक, नर्स, प्रयोगशालाकर्मीलगायत अन्य कर्मचारीलाई पौष मसान्तसम्म निरन्तरता दिन निर्देशन दिएको छ ।

कोरोना भाइरस रोग (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि करारमा भर्ना गरिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि थप गरिएको हो ।

असार २९ गतेको नीतिगत निर्णयअनुसार स्वास्थ्य सेवा विभागसहित देशका विभिन्न १५ वटा अस्पतालमा राखिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको म्याद थप गर्ने भएको हो ।