जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार १६:२७

देशभर थपिए १६७ जना कोरोना संक्रमित, कुल १७३४४ पुग्यो, हालसम्म ६४.८५ प्रतिशत डिस्चार्ज


काठमाडौं, साउन १

पछिल्लो २४ घण्टामा नेपालमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित प्रेस विफ्रिङमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा गरिएको ४ हजार ९८१ जनाको रियल टाइम पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या ११ हजार २४९ जना डिस्चार्ज भएका छन् । यो संख्यालाई हेर्दा ६४.८५ प्रतिशत डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या २३ हजार ५०० जना रहेका छन् ।

देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार ५६ जना रहेका छन् । हाल देशले दैनिक १० हजार परिक्षण गर्ने क्षमता रहेको डा. गौतमले बताउनुभयो । हाल उपत्यकामा ३ हजारको परीक्षण गर्दा ३ जनाको मात्रै कोरोना पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।