जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १३:४६

क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवक झुण्डिएको अवस्थामा फेला


काठमाडौं, साउन २

लमजुङको एक क्वारेन्टाइनमा एक्लै बसेका युवकको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका वडा–९ गिलुङमा रहेको बुद्धोदय मावि क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवक मृत अवस्थामा भेटिएको लमजुङ प्रहरीले जनाएको छ ।

क्व्होलासोंथर गाउँपालिका–६ का युवराज घर्ती बुटवलबाट गाउँ गएर विहिबार मात्रै क्वारेन्टाइनमा एक्लै बसेका थिए । प्रहरीका अनुसार विहिबारराति झुण्डिएको अवस्थामा फेला परेका हुन् । आत्महत्या गरेका आशंका प्रहरीको छ।