जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १३:५४

मोदीको चुनावी क्षेत्र वाराणसीमा नेपालीमाथी ज्यादती र अपमान


काठमाडौँ, साउन २

भारतमा रहेका नेपालीमाथी भारतले मानविय ज्यादति शुरु गरेको छ । तर्कले राजनीति गर्न नसकेपछि उनिहरु मानविय ज्यादतिमा उत्रिएका हुन् । अयोध्या विवादपछि भारतका हिन्दुवादीहरुले नेपालीमाथी अपमान गर्न थालेको भिडियो सार्वजनिक भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र वाराणसीमा नेपालीको केस मुण्डन गरेर ‘भारतीय माता की जय’, ‘नेपाल मुर्दावाद’, ‘जयश्रीराम’, ‘नेपाली प्रधानमन्त्री मुर्दावाद’ जस्ता नारा लगाउन लगाइएको छ । हालै एक नेपाली युवालाई मुण्डन गरेर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ । हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको सुनिन्छ । यसैबीच घटनाबारे भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले चासो दिनुभएको छ ।

उहाले सामाजिक सन्जालमार्फत उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जानकारी पनि दिनु भएको छ ।