जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १८:३७

छिमेकी मुलुकसँगको सम्बन्ध विगारेकोमा पूर्व मुख्यमन्त्री अखिलेशद्वारा मोदीको निन्दा


काठमाडौं, साउन ३

पछिल्लो समय नेपाल र भारतको सम्वन्धलाई लिएर समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गर्नुभएको छ । उहाले भाजपाको प्रतिशोधकारी नीतिले छिमेकीसँगको सम्बन्ध नकरात्मक अवस्थामा पुगेको बताउनु भएको हो ।

उत्तर प्रदेशका पूर्ब मुख्यमन्त्री समेत रहनु भएका अखिलेश यादवले भारतीय जनता पार्टी नेतृत्वको सरकारले छिमेकी राष्ट्रहरूसँग सम्बन्ध विगारेको भन्दै निन्दा गर्नुभएको छ । उहाले ट्वीट गर्दै भाजपाको प्रतिशोधकारी नीतिले आन्तरिक र बाह्य दुवैतर्फ देशलाई एक नकारात्मक अवस्थामा डोर्‍याइरहेको टिप्पणी गर्नुभएको छ ।

‘वाराणसीमा एक नेपाली युवाको कपाल मुण्डन गरेको समाचार सेयर गर्दै लेख्नु भएको छ, ‛भाजपा नेतृत्वको वर्तमान सरकारका समयमा विदेश नीतिका सम्बन्धमा छिमेकी देशहरुसँग हाम्रो देशको सांस्कृतिक र राजनीतिक सम्बन्ध कटुतापूर्ण भइरहेका छन् । जुन ज्यादै नै निन्दनीय छ ।’