पोखरा, साउन ४
गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा २ जिल्लाका थप १२ जनामा कोरोना पुष्टि भएको हो । जसमा कास्की र लमजुङका ६/६ जना पुरुष रहेका छन् ।
हालसम्म प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३०२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्