जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १२:५५

गण्डकीमा आज थपिए ९ संक्रमित, हालसम्म १३२९ पुग्यो


कास्की, साउन ६

गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो । जसमा ३ जिल्ला म्याग्दी, स्याङ्जा र वागलुङका गरी ९ जना पुरुष रहेका छन् । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार २० रहेको छ । हालसम्म गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।