जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १५:४०

स्क्रब टाइफसका कारण एक युवकको मृत्यु


चितवन, साउन ६

चितवनमा स्क्रब टाइफस संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा बस्ने ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरोसँगै श्वासप्रश्वास, मुटु र कलेजोमा समेत समस्या देखिएपछि असार २९ मा उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका भएका थिए । उपचारकाक्रममा पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाराज पौडेलले जानकारी दिनुभयो ।