जनता टाइम्स

७ श्रावण २०७७, बुधबार ०७:०८

भारतमा पछिल्लो २४ घण्टा ३९ हजार १६८ जनामा कोरोना संक्रमण


काठमाडौं,  साउन ७। भारतमा लगातार कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम रोकिएको छैन । पछिल्ला चार दिनमा मात्रै भारतमा १ लाख ५३ हजार ६२८ जना संक्रमित भएका छन् । यसमध्ये ३९ हजार १६८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको वर्ल्डोमिटर्सले जनाएको ।

संक्रमण फैलिएको झण्डै ७ महिनामा भारतमा मंगलबारसम्म ११ लाख ९४ हजार ८५ जना संक्रमित भएका छन् । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍१२ हजार ९२१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७२ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ७७१ पुगेको छ ।