जनता टाइम्स

७ श्रावण २०७७, बुधबार ०८:२६

कोरोना अपडेट : विश्वभर ९१ लाख १० हजार १५३ जना निको, ६ लाख १९ हजार ४ सय जनाको मृत्यु


काठमाडौं साउन ७ । विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ३८ हजार ७२८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ४५२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४०० पुगेको छ । बुधबारसम्म संक्रमणमुक्त हुनेको संख्या ९१ लाख १० हजार १५३ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जनाको मृत्यु भएको छ । २७ लाख १ हजार ३९३ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख २१ हजार ३९० पुगेको छ । त्यसमध्ये २३ लाख १९ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जनाको मृत्यु भएको छ । ३५ लाख २६ हजार ५१ जना संक्रमित भएकोमा २५ लाख १२ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ । ३३ लाख ७३ हजार ६८७ जना संक्रमित भएकोमा २२ लाख ४६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जनाको ज्यान गएको छ भने ७ लाख ५३ हजार ५४९ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख १२ हजार ६५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ । १४ हजार १२१ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।