जनता टाइम्स

७ श्रावण २०७७, बुधबार १५:३४

३ बालबालिकासहित कर्णालीमा थप २२ कोरोना संक्रमित


सुर्खेत, साउन ७

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३ जना बालबालिका समेत रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । त्यसैगरी कर्णालीमा आज मात्रै १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १५४६ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।