जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १३:४२

पाटनमा बिरामीको मृत्युपछि नाराबाजी


काठमाडौं, साउन ९

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन्। अस्पतालको लापरबाहीका कारण उक्त बिरामीको मृत्यु भएको हो भन्दै मृतकका आफन्तले नाराबाजी गरेका हुन्। लगनखेलका ७८ वर्षीय एक बिरामीको विहिबारराति उपचारको क्रममा मृत्यु भएको थियो।

अस्पतालका अनुसार उनी पार्किन्सनका बिरामी थिए। रक्तअल्पताको समस्या भएका कारण उनी साउन ७ गते अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा.विष्णुप्रसाद पौडेलले बताउनुभयो । हाल अस्पतालमा बिरामीको नाराबाजी साम्य भइसकेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ ।