काठमाडौं, साउन ९
नेपालमा थप एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको आज मृत्यु भएको उक्त अस्पताल स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार ती बृद्धा मुटुका रोगी भएको बताइएको छ । केही दिनअघि निमोनिया भएपछि वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
गत साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि वृद्धालाई विहिबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा लगिएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्