जनता टाइम्स

१० श्रावण २०७७, शनिबार ०६:३०

भारतमा एकैदिन ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण, संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुग्यो


काठमाडौं, १० साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारतमा लगातार नयाँ रेकर्ड कायम गरेको छ । दिन प्रतिदिन संक्रमितको संख्यामा बृद्धि हुदै गएको भाइरस शनिवार पुन ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका छन् । यसअघि शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कुल संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ५० हजार १०७ संक्रमणमुक्त भएका छन् भने ४ लाख ५५ हजार ५०९ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६१ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको ३१ हजार ४०६ पुगेको छ ।