जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १२:०८

साउदीमा नेपाली पत्रकारको कोरोना भाइरसको संक्रमणबाट निधन


काठमाडौं, साउन १२

कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको निधन भएको छ । आइतबार दिउँसो १२ बजे उपचारका क्रममा नेपाल अरब मिडियाका प्रवन्ध निर्देशक रोशन श्रेष्ठको निधन भएको सोही मिडियाका सम्पादक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार रोशन श्रेष्ठ नेपालमा लकडाउन सुरु हुनु एक दिनअघि साउदी जानुभएको थियो ।

नेपालबाट साउदी जानुभएको केही समयपछि उहाँलाई कोरोना संक्रमण भएको र करिव डेढ महिना अस्पतालमा भर्ना गरिएको थियो । दमबाट पीडित श्रेष्ठलाई संक्रमण भएपछि श्वासप्रश्वासमा थप समस्याआई निमोनिया भएको थियो । स्थायी ठेगाना स्याङ्जा रहेको उहाँको डेढ वर्षअघि मात्रै विवाह भएको थियो ।