जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार ०७:०७

अमेरिकामा कोरोना लेसंक्रमित संख्या ४४ लाख ३२ हजार नाघ्यो


काठमाडौं,  साउन १३ । चीनको उहान राज्यबाट फैलन सुरु भएको नोवेल कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५७० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४१८ पुगेको छ ।

यस्तै एकै दिन ६० हजार २७२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमित संख्या ४४ लाख ३२ हजार १११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २१ लाख ३३ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ४८ हजार १११ जनामध्ये १९ हजार १४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।