जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार ११:१२

धारिलो हतियारले हानेर युवकको हत्या


दैलेख, जेठ १२

दैलेखमा धारिलो हतियार प्रयोग शनिबार राति युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । शनिबार राति ११ बजे महाबु गाउँपालिका-५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो ।

हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न सकेको छैन । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।