जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १५:००

प्रचण्डलाई बामदेवले कठोर जवाफ फर्काएपछि..


काठमाडौं, साउन २१

असारको मध्यबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद चरम उत्कर्षमा पुग्यो । कतिपयले पार्टी नै विभाजन हुन सक्ने भनेर सार्वजनिक मिडियामा प्रचारबाजी पनि गरे ।

स्थायी कमिटी बैठकमा नरहेको एजेण्डालाई एकाएक घुसाएर प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले राजिनामा माग गरिएको थियो । त्यसपछि विवाद शुरु भएको हो । कोरोना महामारी जारी रहेको र भारतले समेत प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्छ भनेर धारणा सार्वजनिक भईरहेका बेला नेकपाभित्र उठेको राजिनामाको प्रसंगले सबैलाई तरंगित बनायो । जसले नेकपामा ठुलो विग्रह पैदा भयो । सो विग्रह अहिलेसम्म पनि समाधानमा पुगेको छैन ।

पार्टीमा विभाजनको संकेत देखिएपछि साउन १३ गते उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरिदिनुभयो । पार्टीका नेता कार्यकर्ताको चाहाना अनुरुप उहाले जारी गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफ्नो समर्थन रहने जानकारी गराउनु भयो । तर, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले त्यसमा असहमति राख्नुभयो ।

उपाध्यक्ष गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गर्नुभएको छ । यसैगरी प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहन दिनुपर्ने समेत प्रस्ताव गर्नुभएको छ ।

यस्तो छ उहाको ६ बुँदे प्रस्ताव

पार्टी विग्रह तत्काल रोक्नका लागि
दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव

१. कमरेड केपी शर्मा ओली एकता महाधिवेशसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।
२. कमरेड पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने ।
३. पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
४. प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
५. पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ।
६. अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।

१३ साउन २०७७

वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

तर, मंगलबार अध्यक्ष दाहालले उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुभएको खुलेको छ । कोरोना महामारीका विषयमा छलफल गर्न बोलाइएको बैठक बहिष्कार गरेर भैसेपाटी पुग्नु भएका दाहालले गौतमलाई अब तपाई के गर्नुहुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो । उहाले आफुहरुको गुटलाइ समर्थन गर्न आग्रह गर्नुभएको हो ।

जवाफमा उपाध्यक्ष गौतमले आफु कसैको गुटमा भन्दा पनि पार्टी एकताको पक्षमा दृढ भएर उभिने जानकारी गराउनु भएको उहाका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिनुभयो । स्पष्ट पारिएको भन्दै सामाजिक सञ्जालमा गौतमका तर्फबाट विज्ञप्ती निकाल्नु भएका सुवेदीले दाहालको सो प्रश्नमा उपाध्यक्ष गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क।प्रचण्डलाई बिदा गरिदिनु भएको जानकारी दिनुभयो ।

यस्तो छ सुवेदीको विज्ञप्ती

स्पष्ट पारिएको बारे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क।पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार विहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग गर्नुभएको भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
उक्त भेटमा अध्यक्ष क। प्रचण्डले उपाध्यक्ष क। गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो । उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको स्पष्ट पारिन्छ ।
स्मरणीय छ कि,साउन १३ गते उपाध्यक्ष क.वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क।केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो ।
२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो । क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो ।
उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।

विश्वमणि सुवेदी
उपाध्यक्ष क।वामदेव गौतमको सहयोगी

यो पनि पढ्नुहोस्

प्रचण्डलाई बामदेव गौतमको सुझाव : ६ बुँदे सहमति प्रस्तावमै अगाडि बढनोस, पार्टी झनै एकताबद्ध हुन्छ