चौतारा, जेठ १२
गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गर्नुभएको छ ।गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । गृहमन्त्री थापासँग सांसद अग्नि सापकोटा पनि साथै रहनुभएको थियो ।
गोरखा भूकम्पपछि चार वर्षदेखि बन्द रहेको तातोपानी नाका खुलाउन पूर्वाधारको काम तीव्रगतिमा भइरहेको छ । अत्याधुनिक सुक्खा बन्दरगाहको काम सम्पन्न भइसकेको छ भने सीमापुलको काम पनि छिटफुटबाहेक प्रायः सम्पन्न भइसकेको छ । अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्म चीन सरकार र त्यहाँदेखियता बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण भइरहेको इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो ।
उहाँका अनुसार बाह्रबिसेको खुर्सानीबारीस्थित साधिखोलामा गत भदौको बाढीले बगाएको पक्कीपुलको ठाउँमा बेलिब्रिज राख्ने काम सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्