जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १३:३४

कपिलवस्तु​​​​​​​मा जिपको ठक्करबाट युवकको मृत्यु


तौलिहवा, जेठ १२

कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो ।

जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ ।