काठमाडौं, साउन २४ । भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ ।
दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।
विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्।
विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्