जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार ०७:१७

भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा कोरोना संक्रमण


काठमाडौं,  साउन २९ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार १३८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २३ लाख ९५ हजार ४७१ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ५२ हजार ४७३ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।