जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार ०८:३२

विश्वभर १ करोड ३६ लाख ८९ हजार ९७६ जना कोरोना संक्रमणमुक्त


काठमाडौं,  साउन २९ ।  विश्वभर फैलिएको कोरोना भाइरसबाट सात महिनामा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ ।

कोरोनाको महामारीले बिहीबारसम्म  भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।

१ करोड ३६ लाख ८९ हजार ९७६ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १८९ जनाको मृत्यु भएको छ । ३१ लाख ६ हजार ५९ जना संक्रमित भएकोमा १८ लाख ६१ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार २८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७ हजार ९२४ पुगेको छ । त्यसमध्ये ३४ लाख ३६ हजार ६८५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १४ हजार १३७ जनाको मृत्यु भएको छ । ५३ लाख १ हजार २४३ जना संक्रमित भएकोमा ४० लाख ३४ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६५ हजार २३६ जनाको मृत्यु भएको छ । ४९ लाख ६८ हजार ४१५ जना संक्रमित भएकोमा ३५ लाख ७० हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ३२२ जनाको ज्यान गएको छ भने १० लाख ७८ हजार ३०१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७२ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३७८ जनाको मृत्यु भएको छ । २४ हजार १८२ जना संक्रमित भएकोमा १४ हजार १०६ जना संक्रमणमुक्त भएका छन् ।